दफा १०
शेयरको हस्तान्तरण तथा दाखिल खारेज
(१) कोषको शेयर यस ऐनको अधीनमा रही चल सम्पत्ति सरह हक छोडी दिन वा धितो बन्धक राख्न सकिनेछ । (२) कुनै शेयरवाला मरी वा निजको आफ्नोे जायजेथा साहूलाई दामासाही गराई वा उपदफा (१) बमोजिम निजले आफ्नोे नामको शेयर अरू कसैलाई हक छाडिदिएमा वा अरू कुनै व्यहोराले शेयरमा अरू कसैको हक हुन आएमा सो कुराका सबूद साथ सो हक प्राप्त गर्ने व्यक्तिले कोषमा दरखास्त दिएमा सो शेयर तोकिएबमोजिम निजको नाममा दाखिल खारेज गरिनेछ । (३) हक हस्तान्तरण तथा दाखिल खारेजसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।